मिश्र र प्रसाईंसहितलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडाैं, बैशाख ३१ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र र दुर्गा प्रसाईंसहितलाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । राज्यविरुद्धको कसुर र सङ्गठित अपराध मुद्दामा उनीहरूलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको हो । रविन्द्र मिश्रसहित अन्य २६ जना प्रहरी हिरासतमा रहेका छन् ।
आज मंगलबार जिल्ला अदालत, काठमाडौंमा पेश गरिएको म्याद थपको प्रस्तावमा उनलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको हो ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा अराजक गतिविधि गरेको भन्दै प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो । उनीमाथि राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेकाे छ ।
यसैबीच, मिश्रलाई गैरकानूनी रूपमा हिरासतमा राखिएको भन्दै उनको तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर भएको छ ।
सर्वोच्चले अब यो रिटमाथि सुनुवाइ गरी मिश्रलाई थुनामा राख्ने वा रिहा गर्ने भन्ने फैसला गर्नेछ । रिटमा उनको हिरासतलाई गैरकानूनी भन्दै तत्काल रिहाइको माग गरिएको छ ।
प्रतिक्रिया