पहाडमा मेघगर्जनसहित वर्षा, ताताे हावा चल्ने सम्भावना

काठमाडाैं, बैशाख ३१ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
महाशाखाकाले दिएकाे जानकारीअनुसार अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । केही भू-भागमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षा भइरहेको छ ।
मधेश, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागलगायत पहाडी भू-भागका धेरै स्थानमा अधिकतम तापक्रम बढेको छ ।
आज बुधबार दिउँसो कोशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने छ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पनि माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया