मखनस्थित श्रेष्ठको घरमा लागेको आगो नियन्त्रणमा, एक महिलाको मृत्यु

प्रकाशित मिति: १ जेष्ठ २०८२, बुधबार ०९:५७


काठमाडाैं, बैशाख ३१ ।
काठमाडौं महानगरपालिका-२४ स्थित मखन टोलमा आज बुधबार बिहान भएको आगलागी नियन्त्रणमा आएको छ ।

बिहान ६ः५० मा सुरु भएको आगलागी बिहान ९ः१५ मा मात्र नियन्त्रणमा आएको हो ।

काठमाडौं उपत्यकाका ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । काठमाडौं प्रहरी प्रवक्ता अपिलराज बोहराकाअनुसार आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ । उनको सनाखत हुन बाँकी रहेको छ ।

सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको थियो । आगो आडैमा रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा सल्किएको थियो ।

आगोबाट दुई घरमा क्षति भएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

५० औँ दिनपछि राप्रपाका उपाध्यक्ष मिश्र थुनामुक्त

काठमाडाैं, जेठ २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र.....