ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’को काठमाडाैंमा प्रदर्शन

प्रकाशित मिति: १ जेष्ठ २०८२, बुधबार १२:४९


काठमाडाैं, बैशाख ३१ ।
पुस्तौँदेखि आमा-छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका अनेकन आयामहरूलाई समेटेर कला प्रबन्धक (आर्ट क्युरेटर)  बुनु ढुङ्गानाले तयार गरेकाे ‘पेटका केही कुरा’ (सम थिङ्स इन द बेल्ली)  मल्टिमिडिया प्रदर्शनी काठमाडौंमा हुँदैछ । यो प्रदर्शनी काठमाडौं बबरमहलमा रहेको नेपाल कला परिषद्‌ (आर्ट काउन्सिल) मा १६ मे २०२५ (२०८२ जेठ २) सम्म आयोजना हुनेछ ।

यो प्रदर्शनी, ब्रिटिस काउन्सिलको सहयोगमा लक्स (LUX)  तथा आर्ट साउथ एशियया प्रोजेक्टले आर्ट एक्सचेञ्ज : मुभिङ इमेज साउथ एशिया कार्यक्रमअन्तर्गत आयोजना गरेका हुन् ।

नेपालका कलाकार तथा कला व्यावसायीहरूका लागि अवसर सिर्जना गर्ने र बेलायतको कला क्षेत्रमा उनीहरूको सम्बन्ध स्थापित गराउने प्रतिबद्धतासँगै ब्रिटिस काउन्सिलले बुनु ढुङ्गानालाई ‘आर्ट एक्सचेञ्ज : मुभिङ इमेज साउथ एशिया’ कार्यक्रममा सहभागी हुन सहयोग गरेको थियो ।

यो कार्यक्रमअन्तर्गत भर्खर काम सुरु गरेकादेखि व्यावसायमा स्थापित हुने क्रममा रहेका भिजुअल आर्ट क्युरेटरहरूलाई सिद्धहस्त व्यावसायीहरूबाट मार्ग निर्देश (मेन्टरशिप), व्यावसायिक विकास, र सञ्जालको विकास (नेटवर्किङ) को अवसर प्रदान गरिएको थियो । बुनु ढुङ्गाना २०२४ नोभेम्बरमा बेलायतमा गएर दक्षिण एशियाली अन्य क्युरेटरहरूसँग अनुसन्धान र नेटवर्किङ कार्यक्रममा सहभागी भएकी थिइन् । बुनुले बेलायत तथा नेपाली कलाकारहरूको चलायमान कलाकृतिहरू (मुभिङ इमेज) लाई समेट्ने प्रदर्शनी आयोजना गर्न सहयोग प्राप्त गरेकी थिइन् ।

‘पेटका केही कुरा’ (सम थिङ्स इन द बेल्ली) मा समावेश चित्रकला, त्रि-आयाम स्थापना कलाकृति, कविता, छोटो कथा, चलचित्र, चिठ्ठी र मञ्चन कलाका प्रस्तुतिहरूले चिन्तन, सम्वाद र संयोजनको बहुपक्षीय स्थानको सिर्जना गरेका छन् । यो प्रदर्शनीमा आफ्ना सिर्जनामार्फत् अस्मिता वादी, श्रद्धा देवकोटा, इरिना गिरी, उज्ज्वला महर्जन, तृप्ति तामाङ पाख्रिन, सृष्टि श्रेष्ठ, प्रतिभा तुलाधर र बेलायतकी रेचल लोवले आफ्ना भावनात्मक तथा साँस्कृतिक आयामहरूको सञ्चार, अनुभूति र सम्वाद कसरी गरिन्छ भन्ने प्रतिबिम्बित गरेकी छन् । प्रदर्शनीसँगै कलाकारसँगको सम्वाद, प्रस्तुतिहरू, व्याख्यानहरू, कार्यशाला, मञ्चन र चलचित्र प्रदर्शनहरूको आयोजना गरिएको थियाे ।

बुनु ढुङ्गानाको यो प्रदर्शनीले पुस्ता, संस्कृति र अनुभवहरूबीचको बुझाईको सम्भाव्यता र चुनौतीहरूको अन्वेषण गर्छ । परम्परागत संरचनाबाट परिभाषित भूमिकाहरूभन्दा बाहिर हामी कसरी एक अर्कालाई चिन्छौँ ? नजिकिन चाहने इच्छालाई स्वीकार गर्दागर्दै एक किसिमको दूरीको आवश्यकतालाई कसरी सम्बोधन गर्ने ? यस प्रदर्शनीले यस्ता सम्बन्धहरूको मौन जटिलता र भावनात्मक, साँस्कृतिक र पुस्तागत अन्तरहरूबीचको सेतुको काम गर्ने साझा भाषाको अन्वेषणको चुनौतीहरूलाई प्रस्तुत गरेको छ ।

प्रवेश : निःशुल्क
मिति : ३ मे-१६ मे, बिहान ११:०० देखि साँझ ७:०० बजेसम्म

स्थान: नेपाल आर्ट काउन्सिल, बबरमहल, काठमाडौं

थप जानकारीका लागि :
बुनु ढुङ्गाना, क्युरेटर – ‘पेटका केही कुरा’ (सम थिङ्स इन द बेल्ली)

फोन : ९८१०१८९०८७

सन्देश घिमिरे, प्रेस अफिसर – ‘पेटका केही कुरा’ (सम थिङ्स इन द बेल्ली)  

फोन : ९७६१८०१५५२

ब्रिटिस काउन्सिलका बारेमा
ब्रिटिस काउन्सिल बेलायतको अन्तर्राष्ट्रिय साँस्कृतिक सम्बन्ध तथा शैक्षिक अवसर प्रबर्द्धन गर्ने एउटा संस्था हो । हामी बेलायत र विश्वभरका मानिसहरूबीच सम्बन्ध, समझदारी र विश्वास निर्माण गरी शान्ति र समृद्धिमा सहयोग पुर्‍याउँछौँ । यी काम हामी कला, संस्कृति, शिक्षा र अङ्ग्रेजी भाषामार्फत् गर्छौँ । हामी विश्वका २०० भन्दा बढी देश र क्षेत्रहरूमा काम गर्छौँ र १०० भन्दा बढी देशहरूमा हाम्रो भौतिक उपस्थिति रहेकाे छ । सन् २०२२-०२३ मा हामीले ६० करोड मानिसहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सेवा पुर्‍याएका थियौँ ।

विस्तृत जानकारीका लागि याे लिङ्क www.britishcouncil.org मा क्लिक गरेर हेर्न बुझ्न स क्नुहुनेछ ।


प्रतिक्रिया


ताजा खबर

More

५० औँ दिनपछि राप्रपाका उपाध्यक्ष मिश्र थुनामुक्त

काठमाडाैं, जेठ २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र.....