सिन्धु विकास बैंकको सहयाेगमा सामाजिक उदरदायित्व कार्यक्रम

काठमाडाैं, बैशाख ३१ ।
काभ्रेकाे बनेपामा आफ्नाे कर्पोरेट कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गकाे इजाजत पत्र प्राप्त राष्ट्रियस्तरकाे विकास बैंक सिन्धु विकास बैंक लिमिटेडको सहयोगमा वक्तृत्वकला प्रतियोगिता र वृहत् रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी वार्षिक कार्ययोजनाअन्तर्गत शाखा कार्यालय बाह्रबिसेले नेपाल रेडक्रस सोसाइटी बाह्रबिसे उप-शाखासँगको संयुक्त आयोजनामा यही बैशाख २९ गते बाह्रबिसे नगरपालिका-८ मा वृहत् खुल्ला रक्तदान कार्यक्रम र श्री प्राइभेट प्याराडाइज मा.वि.मा नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । श्री प्राइभेट प्याराडाइज मा.वि.मा आयोजित नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा बाह्रबिसे नगरपालिकाका १० वटा विद्यालयका १८ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
उक्त कार्यक्रममा २०० जनाभन्दा बढी जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो । सो वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेलाई क्रमशः नगद रु. १२,०००/-, द्वितीय हुनेलाई रु. ९,०००/- र तृतीय हुनेलाई रु. ६,०००/- उपहार पनि प्रदान गरिएको थियो । साथै रक्तदान कार्यक्रममा ४३ जना रक्तदाताहरूले सहभागिता जनाएका थिए । साेही कार्यक्रममा बैंकले आफ्नो सामाजिक उतरदायित्व कार्यलाई निरन्तरता दिने पनि जनाएको छ ।
सिन्धु विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजत पत्र प्राप्त क्षेत्रीय विकास बैंकसमेत हो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी हाल पाँच वटा जिल्लाको कार्यक्षेत्र रहेको सिन्धु विकास बैंकको २६ वटा शाखाहरू सञ्चालनमा रहेकाे बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।
प्रतिक्रिया