सोलुखुम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प

काठमाडाैं, बैशाख ३१ ।
सोलुखुम्बु जिल्ला केन्द्रबिन्दु भएर आज बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा सो भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु जिल्लाको छेक्साम आसपास रहेको थियो । भूकम्पको तीब्रता ४ दशमलव ६ रेक्टर स्केलको मापन गरिएको छ ।
यसअघि, गत बैशाख १४ गते डोल्पाको कान्जिरोबा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै, बैशाख १२ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव १ म्यग्निच्युड तथा त्यसको एक दिनअघि रुकुम पूर्व केन्द्रबिन्दु भएर ४ दशमलव २ म्याग्निच्डको भूकम्प गएको थियो ।
प्रतिक्रिया