गरिमा विकास बैंककाे थप दुई नयाँ शाखाहरू सञ्चालनमा

काठमाडाैं, बैशाख ३१ ।
ग्रामिण भेगदेखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गकाे इजाजत पत्र प्राप्त राष्ट्रियस्तरकाे विकास बैंक गरिमा विकास बैंक लिमिटेडले आज बुधबारका दिन स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा दुई नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ ।
विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर र यस विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । त्यसैगरी, अर्जुनचौपारी शाखाको समुद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र यस विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रूपमा गरेका हुन् । समुद्घाटन कार्यक्रमहरूमा गाउँपालिका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजिवीलगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरूबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यावसायिक फर्म/कम्पनी तथा अन्य संघसंस्थाहरूलाई उत्कृष्ट सेवा प्रवाहमा विकास बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा विकास बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास विकास बैंकले लिएको छ ।
हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १ सय २५ वटा शाखा कार्यालय, १ वटा एक्स्टेन्सन कार्यालय र ५० वटा एटीएम मेसिनमार्फत् करिब ९ लाख ग्राहकहरूलाई बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।
प्रतिक्रिया