काठमाडौंको सतुङ्गलस्थित कपडा पसलमा आगलागी

प्रकाशित मिति: २ जेष्ठ २०८२, बिहीबार ०९:५१


काठमाडाैं, जेठ १ ।
चन्द्रागिरी नगरपालिका-११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगलागी भएको छ ।

आज बिहीबार बिहान करिब ५:३० देखि लागेको आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी स्थानीयलगायत लागिपरेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

आगो निभाउन नेपाली सेना विपद् व्यवस्थापन गण, नेपाल आयल निगम जुद्ध बारूण यन्त्र चन्द्रागिरी नगरपालिका र ललितपुर महानगरपालिकाको समेतको दमकल प्रयोग गरिएका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

५० औँ दिनपछि राप्रपाका उपाध्यक्ष मिश्र थुनामुक्त

काठमाडाैं, जेठ २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र.....