डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्श सम्झौता

काठमाडाैं, जेठ १ ।
डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस (प्रा.) लि. र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्शसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस (प्रा.) लि.का तर्फबाट अध्यक्ष रामनाथ मैनाली तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापश्चात् सिटिजन्स क्यापिटलले रिसोर्टलाई (प्रा.) लि.बाट पब्लिक कम्पनीमा रूपान्तरण गर्न तथा सार्वजनिक निष्काशन (IPO) अनुमति लिन सम्पूर्ण तयारी कार्य परामर्श सेवाअन्तर्गत दिनेछ ।
२०७६ सालदेखि कारोबार सुरु भएको यस रिसोर्ट डोलेश्वर भक्तपुरमा १० रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल यस रिसोर्टमा १५ वटा कोठाहरू रहेका छन् र सो संख्या वृद्धि गरी ३५ वटा कोठा पुर्याउने कार्य र स्वीमिङ पुल पनि निमार्णधीन अवस्थामा रहेको छ र सो निर्माण कार्यहरू यस आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्य रिसोर्टले लिएको छ । यस रिसोर्टमा ३०० जनासम्मको क्षमता भएको ठूला र साना गरी ३ वटा सभा हलहरूलगायत रहेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न सफल यस रिसार्ट विवाह, ब्रतबन्ध, सेमिनार, गोष्ठी तथा पिकनिकको लागि उपर्युक्त थलो रहेको छ । यहाँबाट प्रसिद्ध धार्मिकस्थल डोलेश्वर महादेव मन्दिर मात्र २०० मिटरको दूरीमा रहेको छ ।
प्रतिक्रिया