गणतन्त्र दिवसको अवसरमा १४ जना बन्दी कारागारमुक्त

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार १२:०१


काभ्रे, जेठ १५ ।
काभ्रेपलाञ्चोकको जिल्ला कारागार धुलिखेलमा रहेका १४ जना बन्दी आज गणतन्त्र दिवसको अवसरमा कारागारमुक्त गरिएका छन् ।

जिल्ला कारागार धुलिखेलका जेलर महेशकुमार पोखरेलले २४ जना नाम सिफारिस भएकोमा १४ जना मात्रै कारागारमुक्त भएको जानकारी दिए ।

धुलिखेलका चन्द्र मानन्धर, कुशादेवीका ज्याम्बल लामा, रामेछापका टीका नगरकोटी, ¥याले, काभ्रेपलाञ्चोकका दिनेश श्रेष्ठ, सस्यूखर्कका फौदबहादुर थपलिया, महाँकालचौरका बाबु भन्ने भीमबहादुर तामाङ, कोशीदेखाका मनोज तामाङ, गोरखाका मानबहादुर महत, बनेपा, जनागालका राधेश्याम श्रेष्ठ, सर्लाहीका रूपबहादुर विश्वकर्मा, सिन्धुपाल्चोकका वासुदेव भण्डारी, काभ्रेपलाञ्चोकका शिव तामाङ, धुलिखेलका शैलेन्द्र पराजुली, काभेपलाञ्चोककै सुवास तामाङलाई कारागारबाट मुक्त गरिएको जनाएको छ ।

उनीहरू बहुविवाहका छ, कर्तव्य ज्यान मुद्दाका चार, डाँका मुद्दाका दुई र सवारी ज्यान मुद्दाका दुई जना रहेका छन् । उनीहरू वि.सं २०६५ देखि बन्दी जीवन बिताइरहेका थिए ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....