सिरहामा बस दुर्घटना हुँदा एकको मृत्यु, दुई दर्जन यात्रु घाइते

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार १३:३४


लाहान, जेठ १५ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–१ मा पर्ने महादेवा चोकमा आज बिहानै भएको बस दुर्घटनामा एकको मृत्यु हुनाका साथै दुई दर्जन यात्रु घाइते भएका छन् ।

विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना. ४ ख ८०६२ नम्बरको बसलाई कटारीबाट नारायणघाट जाँदै गरेको ना. १ ख ५०६७ नम्बरको बसले उछिन्ने क्रममा ठक्कर दिँदा ना. १ ख ५०६७ नम्बरको बसका सहयोगी कटारी नगरपालिका–३ निवासी ३७ वर्षीय निलकमल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि विराटनगर लाँदै गर्दा बिच बाटोमा मृत्यु भएको मिर्चैया इलाका प्रहरी कार्यालयले जनाएको छ । सो बसमा सवार सिन्धुली दुधौली नगरपालिका–७ निवासी चन्द्रबहादुर बुढाथोकी र उदयपुरको कटारी नगरपालिका–४ निवासी मिलन थापालगायत दुई दर्जन घाइतेको मिर्चैयास्थित मङ्गलम रेखा नर्सिङ होममा उपचार भइरहेकोे छ ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....