सरकारको चालु आवको बजेटसँगै कुन मोटरसाइकलमा कति कर ?
काठमाडौं, जेठ १६ ।
दुई पांग्रे सवारीमा भन्सार, अन्त शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ । सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको छ ।
दुई पांग्रे सवारीमा केही वर्षदेखि नबढाइएको वार्षिक कर प्रणाली आर्थिक वर्ष २०७३–२०७४ मा बढाइएको थियो ।
२५० सिसिसम्मको मोटरसाइकलको पहिलेकै वार्षिक कर कायम गरिएको थियो भने २५१ सिसिदेखि माथिका सबै मोटरसाइकलको वार्षिक कर वृद्धि गरिएको थियो ।
त्यसैगरी अटो रिक्सा, थ्री ह्विलर र टेम्पोको वार्षिक कर पनि वृद्धि गरिएको छ । विद्युतीय दुई पांग्रे सवारी साधनलाई पनि करको दायरामा ल्याइएको छ ।
१५ सय वाट क्षमताको दुई पांग्रे सवारी साधनको कर ११० हजार तोकिएको छ । त्यस्तै १५०१ देखि माथिका दुई पांग्रे सवारी साधनलाई १२ हजार कर लाग्ने व्यवस्था चालु आवको बजेटले गरेको छ ।
तर यी सवारी साधानमा सरकारले वार्षिक ५० प्रतिशत छुट दिने नीतिका कारण वार्षिक रूपमा क्रमशः ५ र ६ हजार मात्र कर लाग्दै आएकोछ ।
कुन मोटरसाइकलको सडक कर कति पुग्यो ?
१२५ सिसिसम्मको मोटरसाइकल – १० हजार
१२६ देखि २५० सम्म – १२ हजार
२५१ देखि ४०० सम्म – १५ हजार
४०१ देखि माथि सबै – २० हजार
कुन मोटरसाइकलको वार्षिक कर कति पुग्यो ?
१२५ सिसि सम्म – २५ सय
१२६–२५० सम्म – ४ हजार
२५१ देखि ४०० सम्म – ८ हजार
४०१ देखि माथिका सबै – १५ हजार
आजको कारोबार दैनिकमा समाचार छापिएको छ ।
प्रतिक्रिया