जथाभावी बाटो काट्नेलाई दुई सय जरिवाना सुरु, पैसा नहुने तीन घन्टा प्रहरी नियन्त्रणमा

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार १२:०२


काठमाडौं,जेठ १६ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि लागु हुने गरी जथाभावी रूपमा बाटो काट्ने पैदलयात्रुलाई दुई सय जरिवाना सुरु गरेको छ ।

काठमाडौं उपत्यकामा सडक दुर्घटनाबाट बर्सेनि ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्रु रहेकाले यसलाई न्यूनीकरण गर्न सडक सुरक्षा अभियान अन्र्तगत सुरु गरेको जनाएको छ । त्यसै अभियानअन्र्तगत उनीहरू कारबाहीमा परेका हुन् ।

महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ लाई टेकेर कारबाही गर्न गरेको जनाएको छ । ऐनको दफा १३७ अनुसार पैदल हिँड्ने यात्रुले बाटो काट्दा जेब्राक्रसिङ र अकासे पुलनै प्रयोग गर्नुपर्छ ।

जथाभावी बाटो काट्नेलाई दुई सय देखि एक हजार रुपैयाँसम्म जरिवाना गरिने कानुनी व्यवस्था बमोजिम कारबाही गर्न सुरु गरेको महाशाखाले जनाएको छ ।

पैदलयात्राको क्रममा साथमा दुई सय रुपैयाँ पनि नभएका यात्रुलाई तीन घन्टासम्म नियन्त्रणमा लिई ट्राफिक नियम सम्बन्धी शिक्षा दिइने महाशाखाले जनाएको छ । महाशाखाले फुटपाथमा जथाभावी पार्किङ गर्ने तथा पसल राख्नेलाई समेत कारबाही गर्दैआएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....