ट्यांकर ब्याक गर्ने क्रममा च्यापेर बस चालकको मृत्यु
झापा, जेठ १६ ।
झापाको मेचीनगर नगरपालिका–१० मा आज ट्यांकर ब्याक गर्ने क्रममा च्यापेर बस चालकको मृत्यु भएको छ ।
सोही ठाउँ निवासी कृष्णप्रसाद दाहालको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ना २ ख २९७१ नक्बरको ट्यांकर पछाडी सार्ने क्रममा मे १ ख १३०३ नम्बरको बससँग ठोक्किएको थियो । सोही क्रममा मे ४ ख १३१९ नम्बरका बसका चालक दाहालको च्यापिएर मृत्यु भएको हो ।
ट्यांकर र बसका बीचमा च्यापिएर गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि बिर्तामोडस्थित बिएनसी अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया