स्थानीय चुनावलाई लिएर प्रम दाहाल र प्रमुख निर्वाचन आयुक्त यादवबीच परामर्श

प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार १३:३७


काठमाडौं, फागुन ४ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनावबारे निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग परामर्श गरेका छन् । जेठमा चुनाव गर्न यही हप्ता मिति घोषणा हुनुपर्ने बताउँदै आएका यादवसँग प्रधानमन्त्री दाहालले परामर्श गरेका हुन् ।

यसअघि सरकारले चुनावको तयारी थाल्न आयोगलाई पत्राचार गरेको थियो । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग फागुन पहिलो हप्ताभित्र चुनावको मिति घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए ।

सोहीअनुसार प्रधानमन्त्री दाहालले प्रमुख आयुक्त यादवसँग परामर्श गरेको उनका सचिवालयले जनाएको छ । सचिवालयकाअनुसार सरकारले यही हप्ताभित्र स्थानीय चुनावको मिति घोषणा गर्ने तयारी थालेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....