नबिल बैंककाे सीईओमा मनाेज ज्ञवाली नियुक्त

प्रकाशित मिति: २३ जेष्ठ २०८२, बिहीबार १८:४०


काठमाडाैं, जेठ २२ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । आज बिहीबार बिहान बसेकाे सञ्चालक समितिको ६८२ औँ बैठकले ज्ञवालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

यसअघि, कायम-मुकायम सीईओको भूमिका निर्वाह गर्दै आएका ज्ञवाली बैंकिङ्ग क्षेत्रमा स्पष्ट वक्ताका रूपमा परिचित छन् । उनले नेपाल राष्ट्र बैंकलगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही बैंकिङ्ग क्षेत्रको अनुभव बटुलीसकेका छन् ।

सीएसमेत रहेका ज्ञवालीसँग बैंकहरूको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पूँजी बजार तथा बैंकिङ्ग क्षेत्रमा २६ वर्ष लामो अनुभव रहेकाे छ । ज्ञवालीको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ ।

त्यस्तै, सोही समितिले नायब महाप्रबन्धक आदर्श बजगाइँलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ भने प्रमुख कानून विभाग भिष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिइएको छ ।

नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंकसमेत हो । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध रहेकाे छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरीको २ सय ६८ वटा शाखा र ३ सय २० वटा एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोशेढुङ्गाको रूपमा काम गर्दै आइरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....