नेकपा (एस)का अध्यक्ष माधव नेपाल काठमाडाैं फर्किँदै

काठमाडाैं, जेठ २२ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किंदैछन् ।
काठमाडौं फर्कने क्रममा नेपाल सिमरा विमानस्थलबाट बुद्ध एयरको विमान चढेका छन् ।
पार्टी कामको लागि रौतहट पुगेका बेला उनीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
त्यसलगत्तै उनी कार्यक्रम छोट्याएर काठमाडौं फर्किन लागेका हुन् ।
प्रतिक्रिया