बाजुरास्थित होटलमा ग्याँस सिलिन्डर विस्फोट, तीन दर्जनभन्दा बढी पसल जलेर नष्ट

प्रकाशित मिति: २४ जेष्ठ २०८२, शुक्रबार १७:५०


काठमाडाैं, जेठ २३ ।
बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर-६ स्थित बाम्का बजारमा आज शुक्रबार दिउँसो भीषण आगलागी भएको छ । नवदुर्गा होटलमा ग्याँस सिलिन्डर विस्फोट भएपछि आगलागी फैलिएको हो ।

घटनास्थलबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार ४ः५५ बजे तिर ग्याँस सिलिन्डर पड्किएपछि सुरु भएको आगलागीले हालसम्म ४० वटाभन्दा बढी पसल पूर्ण रूपमा जलेर नष्ट भइसकेको छ ।

क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ । घटनापछि आगलागी नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । प्रहरी निरीक्षक देवबहादुर चौधरीको कमाण्डमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाईहरूबाट खटिएको ३२ जनाको टोली घटनास्थलमा परिचालित भएको छ । स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायहरूको सक्रियतामा आगलागी नियन्त्रणमा लिन प्रयास तीब्र पारिएको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....