सानिमा बैंकका ग्राहकलाई सफायर एस्थेटिक्समा विशेष छुटको व्यवस्था

काठमाडाैं, जेठ २३ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था सानिमा बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न ललितपुरको कुपोन्डोलमा रहेको सफायर एस्थेटिक्स (प्रा.) लि.मा विशेष छुटको व्यवस्था गरेको छ ।
सानिमा बैंकका ग्राहकहरूले सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग (क्यूआर स्क्यान) प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सफायर एस्थेटिक्सका सेवाहरूमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यसैगरी, बैंकले ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरू तथा १२७ वटा एटीएम मेसिन सञ्जालहरू सञ्चालन गर्दै आइरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
प्रतिक्रिया