क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं, जेठ २३ ।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारण सभा आज शुक्रबार कम्पनीको रजिस्टर्ड कार्यालय, सुर्खेतमा सफलतापूर्वक सम्पन्न भएको छ ।
सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको हालको प्रगति तथा भावी योजनाहरूको संक्षिप्त जानकारी दिएका थिए । त्यसपश्चात् सभामा सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले आफ्नो मन्तव्यसहित कम्पनीको दोश्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभाबाट विभिन्न महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएका छन् । सञ्चालक समितिको प्रतिवेदनमाथि सभामा उपस्थित शेयरधनीहरूले सकारात्मक अभिव्यक्ति दिँदै प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरिएको छ ।
त्यसैगरी, लेखा परिक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तको वासलात, आ.व. २०८०/०८१ को नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूलाई छलफलपश्चात् सर्वसम्मत रूपमा पारित गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि बाह्य लेखा परिक्षकको रूपमा JN Upadhyay & Co लाई नियुक्त गर्ने निर्णयसमेत सभाबाट पारित गरिएको छ । त्यस्तै, सभाले समूह “ख” अन्तर्गत सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालकमा ईश्वरलाल श्रेष्ठ र श्रीमती सुनिता महर्जनलाई निर्विरोध निर्वाचित गरिएको छ ।
सभाको समापनमा संस्थाका अध्यक्ष ऋषिराज मोरले नव निर्वाचित सञ्चालकहरूलाई बधाई ज्ञापन गर्दै उपस्थित सम्पूर्ण शेयरधनी, नियामक निकायका प्रतिनिधि तथा अतिथिहरूप्रति आभार व्यक्त गर्दै उनले कम्पनीको भविष्यतर्फ केन्द्रित रणनीतिहरू र संस्थागत सुशासनमा प्रतिबद्धता दोहोर्याउँदै सभा विसर्जनको घोषणा गरिएको थियो ।
प्रतिक्रिया