विप्लव नेतृत्वको नेकपा माओवादीको आठौँ महाधिवेशनको बन्द सत्र आजबाट सुरु

प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार १२:१६


काठमाडौं, फागुन ५ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको आठौँ महाधिवेशनअन्तर्गत बन्द सत्र आजबाट रोल्पाको थवाङमा सुरु हुँदैछ ।

बन्द सत्रका लागि पार्टीका शीर्ष नतो एवं प्रतिनिधि परिवेक्षकहरू मंगलबार नै थवाङ पुगिसकेका छन् । उद्घाटन सत्र राजधानीमा सम्पन्न गरेको महाधिवेशनको बन्द सत्र आजबाट मात्र सुरु हुने भए पनि भौगोलिक हिसाबले विकट स्थान भएकाले मंगलबार नै प्रतिनिधिहरू महाधिवेशन स्थल पुगेको सो पार्टीले जनाएको छ ।

थवाङमा चार दिनसम्म चल्ने महाधिवेशनमा करिब एक हजार जना प्रतिनिधि सहभागी हुने पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए । बन्द सत्रमा पार्टीको आगामी कार्यदिशा तथा वैज्ञानिक समाजवाद र एकीकृत जनक्रान्तिका सन्दर्भमा महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रस्तुत गर्नुहुने दस्तावेजमाथी छलफल हुने जनाइएको छ ।

जनयुद्धको उद्गम थलोका रूपमा परिचित थवाङमा हुन लागेको महाधिवेशनबाट पार्टीको भावी कार्यदिशा तथा रणनीतिका बारेमा महत्वपूर्ण निर्णयहरू हुने प्रवक्ता प्रकाण्डले बताए । अन्य सांगठनिक विषयमा भने महाधिवेशनमा कुनै छलफल नहुने जनाइएको छ । यसअघि महाधिवेशनको उद्घाटन सत्र राजधानीको खुलामञ्चमा भएको थियो ।

२२ औँ जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते भएको उद्घाटन समारोहमा देशभरबाट हजारौँको संख्यामा सहभागिता रहेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....