नेपालमा यौनकर्मीको संख्या दोब्बरले वृद्धि

प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार ०८:१६


काठमाडौं, फागुन ६ ।
नेपालमा यौन पेशामा कमी आउनुको साटो दोब्बरले वृद्धि भएको छ । हालै गरेको एक अनुसन्धानले सो कुराको पुष्टि गरेको हो । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको अगुवाईमा भएको अध्ययनले नेपालमा २० हजारभन्दा बढी पुरुष यौनकर्मीहरू रहेको तथ्यांक सार्वजनिक गरेको हो ।

केन्द्रको अगुवाईमा ४४ जिल्लामा गरिएको अध्ययनअनुसार २० हजार छ सय २५ पुरुष यौनकर्मी (जिगेलो) छन् । यौनकर्मीहरूको तथ्यांक संकलनका लागि केन्द्रको अगुवाईमा विकाससँग साझेदार अन्तर्राष्ट्रिय निकायको सहयोगमा इन्टरपिड नेपालले चार महिना लगाएर गरेको अध्ययनले नेपालमा पुरुष यौनकर्मीको संख्या बढ्दो मात्रामा रहेकोसमेत दाबी गरेको छ ।

पहिलो पटक सन् २०१० मा मुलुकमा महिला यौनकर्मीहरूको तथ्यांक संकलन गरिएको थियो । सो अध्ययनले २८ हजारको हाराहारीमा महिला यौनकर्मी रहेको देखाएको थियो । त्यसको छ वर्षपछि गरिएको अध्ययनले सो संख्या बढेर करिब ५३ हजार पुगेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ ।

अध्ययनले काठमाडौं उपत्यकामा मात्र महिला यौनकर्मीहरूको संख्या ११ हजार छ सय ७० रहेको अनुमान गरेको छ । २०७३ भाद्रदेखि मंसिरसम्म गरिएको अध्ययनले नेपालमा एक लाख ११ हजार आठ सय ५२ पुरुषमध्ये करिब २४ हजारको हाराहारीमा तेस्रो लिङ्गी, २० हजार छ सय २५ पुरुष यौनकर्मी तथा ६८ हजार ६४ समलिङ्गी पुरुष रहेको अनुमान छ ।

त्यसैगरी, अध्ययनबाट आएको नतिजाले नेपालमा सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेको संख्या करिब ३४ हजार रहेको अनुमान छ । जसमध्ये पुरुषको संख्या ३० हजारको हाराहारीमा र महिलाहरूको संख्या तीन हजारको हाराहारीमा छन् । छ वर्षको अवधिमा महिला यौनकर्मीको संख्या दोब्बरले वृद्धि हुनु आश्चर्यजनक भएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. तरुण पौडेलले बताए ।

उनले अध्ययनका क्रममा आएको नतिजाबीच धेरै भिन्नता देखिए पनि यसलाई अन्यथा लिन नहुने बताए । ‘यो हुँदै नभएको तथ्यांक पक्कै होइन, केही फरक देखिएको होला,’ उनले भने । अध्ययन सार्वजनिक गर्न केन्द्रले बिहीबार आयोजना गरेको कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक राजेन्द्र पन्तले आगामी वर्षको बजेटमै यस तथ्यांकबाट आएको नतिजाको आधारमा नयाँ कार्यक्रम तर्जुमा गर्ने बताए ।
आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....