राप्रपाको महाधिवेशन आजबाट राजधानीमा सुरु हुँदै

प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार १०:१९


काठमाडौं, फागुन ६ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन राजधानीमा आजबाट सुरु हुँदैछ । महाधिवेशनले अध्यक्षसहितको केन्द्रीय समिति चुन्ने छ । यद्यपि, अध्यक्षमा कमल थापा सर्वसम्मत बनाउने सहमति शीर्ष नेताहरूले तयारी गरिसकेका छन् ।

काठमाडौंमा हुने महाधिवेशनले पार्टीका अरू पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि चयन गर्नेछ । पार्टीलाई सम्बद्र्धनवादी दलका रूपमा उभ्याउने र आगामी निर्वाचनमा राम्रो उपस्थिति देखाउने गरी दुई पार्टी राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि यो महाधिवेशन गर्न लागिएको हो ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....