अभावको बेलामा मात्र साल्ट ट्रेडिङ्गलाई सम्झिने गर्नु भएन : ब्रजेश झा

प्रकाशित मिति: २३ फाल्गुन २०७३, सोमबार १७:१०


साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड
डिभिजिनल म्यानेजर

साल्ट ट्रेडिङ्गले आम उपभोक्तालाई लक्षित गरी चाड पर्वमा सेवा दिए जस्तै महिनामा एक दिन त्यसरी सेवा दिने सम्भावना ?
सुविधापूर्ण दर, न्यूनतम दरमा गुणस्तरको वस्तु आपूर्ति भइरहेको छ । थोरै नाफामा धेरै उपभोक्तालाई लक्षित गरी दशैँ, तिहार र छठ जस्तो पर्वमा निश्चित स्थानमा त्यसरी सेवा जुन दिएको छ यो निर्णय भनेको आपूर्ति मन्त्रालय अन्तर्गत पर्छ । आपूर्ति मन्त्रालयको नीतिगत निर्णयअनुसार ७५ वटै जिल्लामा हामीले यो सेवा उपलब्ध गराउँदै आएका छौं । जसमा विशेष छुटसहित निश्चित ठाउँमा नेटवर्क पनि विस्तार गरेका छौं । महिनाको अन्तिम शनिवार वा सार्वजनिक बिदाको दिन यसरी सेवा दिने वा नदिने भन्ने कुरा आपूर्ति मन्त्रालयले निर्देशन दिएको खण्डमा मात्र यो सम्भावना छ । हामी आफैँ यसरी जाने भन्ने हुँदैन ।

कम्पनीको वार्षिकोत्सवको उपलक्ष्यमा केहीँ छुटको व्यवस्था गरी त्यसको जानकारी जनतालाई दिने वातावरण मिलाउने सम्भावना के छ ?
अत्यावश्यक वस्तु आपूर्ति, न्यूनतम मुनाफा र गुणस्तरीय वस्तु पुर्‍याउने कम्पनीको लक्ष्य हो । ग्राहकले पनि बाहिरीभन्दा भित्री गुणस्तर खाद्य वस्तुलाई ध्यान दिनु अत्यावश्यक छ । दालमा पालिस लगाएर राम्रो बनाएको र पालिस नलगाईकन शुद्धता दिएको कुरालाई ध्यान दिनु पर्छ । अर्को भनेको अभावको बेलामा मात्र साल्ट ट्रेडिङ्गलाई सम्झिने गर्नु भएन । खरीद बिक्री सधैँ कुन ठाउँबाट गर्दै आएका छन् त्यहीँ ठाउँलाई प्राथमिकता दिनु पर्छ । नियमित ग्राहकलाई हामीले हरसम्भव सेवा पुर्‍याउँदै आएका छौं र पुर्‍याई रहने हाम्रो प्रतिबद्धता पनि हो । समस्या पर्दा मात्र मुख टाक्ने गर्नु भएन ।

हालसम्म यस कम्पनीको डिलर उपत्यकामा मात्र कतिको संख्यामा रहेको छ ?
यस कम्पनीको उपत्यकामा मात्र करिब दुई सय ४० भन्दा बढी डिलर रहेको छ । एसटीसी ग्याँसको लागि हामीले छुट्टै व्यवस्था गरेका छौं भने नुन, चिनी, चामल, दाल, चिउरा, तेल, गेडागुडी, कागज, रासायनिक मललगायत खाद्य वस्तुहरू उत्पादन गरेर सेवा दिइरहेका छौं । अर्को भनेको उपभोक्ताहरूले मुख्य यी तीन कुरामा ध्यान पुर्‍याउनु अत्यावश्यक छ ।

क) तौलमा पूर्णता विश्वास भएको

ख) गुणस्तरमा उच्च, स्वच्छ र शुद्धता र

ग) उचित मूल्य

यी कारणले गर्दा जनताको मन जित्न हामी सफल छौं । प्रयोगकर्ताहरूले पनि यी कुरामा शत प्रतिशत विश्वास लागेरै हाम्रो उत्पादनलाई बढी रुचाईएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडाैंकाे कपनबाट कटुवा पेस्ताेलसहित २३ वर्षीय युवा पक्राउ

काठमाडाैं, जेठ ४ । काठमाडाैं महानगरपालिकाको कपनबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जना.....