साइबर अपराध कसुरमा ३९ वर्षीया युट्युबर गंगा काठमाडौंबाट पक्राउ

काठमाडाैं, चैत १९ ।
युट्युबर गंगा लामा पक्राउ परेकी छन् । साइबर अपराधको कसुरमा प्रहरीले लामालाई आज मङ्गलवार पक्राउ गरेको हो ।
मोरङको मिक्लाजुङ गाउँपालिका-६ बेतनी स्थायी ठेगाना भई पुतलीसडकमा कार्यालय चलाएर बसेकी ३९ वर्षीया गंगा लामा भन्ने गंगा कुमारी तामाङलाई साइबर ब्यूरोले पक्राउ गरेको हो ।
लामाले कुन साइबर अपराध गरेको हो भन्ने खुलेको छैन । यद्यपि साइबर ब्यूरोले उनलाई पक्राउ गरी सुरुमा भोटाहिटीस्थित कार्यालयमा ल्याएको थियो । त्यसपछि हिरासतमा राख्नका लागि पठाइएको छ ।
गुड टिभी नामक युट्युब च्यानल चलाएकी लामाले केही समय अगाडि ‘आफ्नै छोरीसँग श्रीमान् रंगेहात भेटेपछि …’ भन्ने शीर्षकको भिडियो पोस्ट गरेकी थिइन् । सोही भिडियोको विषयमा युट्युबर लामा र आरोप लगाउने महिलाविरुद्ध ब्यूरोमा उजुरी परेको थियो ।
सोही उजुरीमा छानबिनका लागि लामालाई पक्राउ गरिएको थियो । तर, उनलाई सरकारी वकिल कार्यालयको दवाबपछि ब्यूरोले हाजिरी जमानीमा रिहा गरेको छ ।
प्रतिक्रिया