पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता दिपक बाेहराकाे निधन

प्रकाशित मिति: १८ चैत्र २०८१, मंगलवार ११:३८


काठमाडाैं, चैत १९ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं रूपन्देही क्षेत्र नम्बर-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिपक बोहराको निधन भएको छ ।

पूर्वमन्त्रीसमेत रहेका बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको पार्टीका महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिएका छन् ।

गुरुङकाअनुसार लामो समयदेखि स्वास्थ्य समस्या रहेका उनको उपचारमा क्रममा आज मंगलबार बिहान मृत्यु भएको हो ।

पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राख्न र अन्तिम संस्कारको सम्बन्धमा पनि परिवारसँग सल्लाह गरेर थप निर्णय लिइने उनले बताएका छन् ।

अहिले राप्रपाका नेता तथा कार्यकर्ता ओम अस्पतालमा जम्मा हुने क्रम बढ्दाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

मध्यपुर थिमिमा जेठ २५ र २६ गते दाेश्राे हक्की च्याम्पियनशीप हुने (फाेटाेफिचर)

काठमाडाैं, जेठ २५ । वागमती प्रदेश हक्की संघको आयोजनामा यही जेठ २५ र २६ गते आइतबार र साेमबार.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....