तिनकुने घटना : दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउ

काठमाडाैं, चैत १८ ।
काठमाडौंको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएका आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुर्गा प्रसाईं निकट देवी संग्रौला रहेका छन् ।
प्रहरीले उनलाई आज सोमबार काठमाडौंबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले उनलाई पक्राउ गरेको जानकारी दिँदै यससँगै राज्यविरुद्धको कसुरमा पक्राउ पर्नेको संख्या १ सय १२ पुगेको बताए ।
यसअघि, राज्यविरुद्धको कसुरमा राप्रपाका नेता धवल शमशेर राणालगायत पक्राउ परेका थिए । शुक्रबार तिनकुनेमा व्यवस्थाविरोधी समूह राजावादीले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया