धादिङ केन्द्रबिन्दु भएर ४ रेक्टरको पराकम्पन

प्रकाशित मिति: ७ फाल्गुन २०७३, शनिबार ०७:५२


काठमाडौं, फागुन ७ ।
धादिङलाई केन्द्रबिन्दु बनाएर आज बिहान ६ बजे ४ रेक्टर स्केलको पराकम्पन गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार पराकम्पन धादिङको बेनिघाट आसपास केन्द्रबिन्दु भएर गएको हो ।

सो पराकम्पन गत २०७२ साल बैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको पराकम्पन नै भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

ठूलो भूकम्पपछि वर्षाैंसम्म स–साना पराकम्पनहरू आइरहने भएकाले नआत्तिन तर सावधानी अपनाउन उनले सबैमा आग्रहसमेत गरेका छन् ।

यसअघि, गएको माघ २२ र २८ गते दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ४ तथा ३ दशमलव ९ रेक्टर स्केलको पराकम्पन गएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....