नेपालमा पहिलो पटक निर्वाचन दिवस मनाइँदै

प्रकाशित मिति: ७ फाल्गुन २०७३, शनिबार १०:५९


काठमाडौं, फागुन ७ ।
पहिलो आम चुनाव भएको दिनको सम्झनामा अबदेखि हरेक फागुन ७ गते प्रजातन्त्र दिवससँगै निर्वाचन दिवससमेत मनाउने निर्वाचन आयोगले जनाएको छ । आज पहिलो पटक विविध कार्यक्रमको आयोजना गरी निर्वाचन दिवस मनाइँदै छ ।

विक्रम सम्वत् २०१५ साल फागुन ७ गते नेपालमा पहिलो आम चुनाव भएको हो । सोही दिवसको अवसरमा आज दिउँसो २ बजे राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र सबै राजनीतिक दलका विशिष्ट नेताहरूको उल्लेख्य सहभागितामा कार्यक्रमको आयोजना गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिएका छन् ।

लोकतन्त्रको मेरुदण्डको रूपमा मानिने आवधिक चुनाव पहिलो पटक भएको ५८ वर्षपछि आयोगले आज पहिलो पटक निर्वाचन दिवस मनाउन लागिएको हो ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....