प्रधानमन्त्री दाहालले मोर्चालाई हातमा लिन असफल, बैठक पनि बिना निष्कर्ष सम्पन्न

काठमाडौं, फागुन ७ ।
निर्वाचनको मिति घोषणाको तीब्र तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज मधेशी मोर्चाका शीर्षष्ट नेताहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा गरेको वार्ता पनि बिना निष्कर्ष सम्पन्न भएको छ । बैठकमा दुबै पक्षले आ–आफ्ना समस्या र बाध्यता सुनाएपछि बैठक बिना निष्कर्ष सकिएको हो ।
प्रधानमन्त्री दाहालले नयाँ संविधानअनुसार चुनाव यथाशीघ्र गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको बताउँदै निर्वाचनको मिति घोषणामा सहमति जनाउन मधेशी मोर्चाका नेताहरूलाई आग्रह गर्दै चुनाव घोषणा लगत्तै संविधान संशोधनमा केन्द्रित हुने र तराई मधेशमा स्थानीय तहको संख्यामा वृद्धि गर्ने बताएका थिए ।
तर, मधेशी मोर्चाका नेताहरूले भने चुनावको मिति घोषणा भएकै दिन आन्दोलनको घोषणा हुने कुरा दोहोर्याउँदै यो आफूहरूको बाध्यता भएको बताए ।
मधेशी मोर्चाका नेताहरू बैठकबाट उठ्नै लाग्दा प्रधानमन्त्री दाहालले मधेशी मोर्चाका नेताहरूलाई भोलि पुनः छलफल गर्नेछौं त्यसैले टाढा नजानसमेत आग्रह गरेका छन् ।
प्रतिक्रिया