करिब दर्जनभन्दा बढी व्यावसायीहरू कांग्रेस छाडेर एमालेमा प्रवेश

काठमाडौं, फागुन ७ ।
पछिल्लो समय पार्टीप्रति असन्तुष्ट जनाउँदै एउटा पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने क्रम बढ्दै गइरहेको छ । अर्कोतर्फ चुनाव गर्ने तयारीमा रहेको बेला यस्तो कार्यले पार्टीलाई केहीँ हदसम्म भए पनि समस्या हुने निश्चित छ ।
चुनाव गर्ने माहौल तयार हुँदै गर्दा आफ्नै कार्यकर्ताहरूले यसरी असन्तुष्टि जनाउँदै धमाधम पार्टी परित्याग गरी अरू पार्टीमा प्रवेश गर्दा ठूलो धक्का लाग्नु स्वाभाविक हो । यसै क्रममा व्यवस्थापिका संसद्को ठूलो दल एवं सत्तारुढ दल नेपाली कांग्रेस निकट केही कार्यकर्ताहरू प्रमुख विपक्षी दल नेकपा (एमाले)मा आज एक कार्यक्रमकाबीच प्रवेश गरेका छन् ।
ललितपुर च्यासलस्थित ‘तुल्सीलाल स्मृति प्रतिष्ठान’मा आज आयोजित एक कार्यक्रमकाबीच सिन्धुपाल्चोकको क्षेत्र नं. १ तातोपानी एरियाका दर्जनभन्दा बढी प्रतिष्ठित व्यावसायीहरू कांग्रेस पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
एमालेमा प्रवेश गरेका ती व्यावसायीहरूलाई एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खादा र अबिर लगाई पार्टीमा प्रवेश गराएका हुन् । जसमा कुमार, श्रेष्ठ, मिङ्पुर शेर्पा, महेन्द्र पौडेल, तेञ्जिङ शेर्पा, पदमबहादुर मगर, नेत्रविक्रम पौडेल, विष्णु श्रेष्ठ, पेम्बा शेर्पालगायत रहेका छन् ।
प्रतिक्रिया