राष्ट्रपति भण्डारीको विश्वास : समयमै चुनाव गर्न राजनीतिक दलहरू सक्षम

काठमाडौं, फागुन ८ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन समयमै सम्पन्न गर्न राजनीतिक दलहरू सक्षम हुनेमा आफू विश्वस्त रहेको बताएकी छन् । पहिलो पटक निर्वाचन दिवसको अवसर पारेर निर्वाचन आयोगद्वारा राजधानीमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै उनले निर्वाचन गर्न दलहरू अब नचुक्ने बताएकी थिइन् ।
राष्ट्रपति भण्डारीले निर्वाचन सम्पन्न गर्न बाँकी रहेका आधारहरू तय गर्न सरकार, राजनीतिक दल र निर्वाचन आयोगको ध्यान केन्द्रित हुुनुपर्नेमा जोड दिँदै उनले निर्वाचन गर्ने संवैधानिक दायित्व पूरा गर्न निर्वाचन आयोग सक्षम हुने विश्वाससमेत व्यक्त गरिन् । निर्वाचनलाई सरल, सहज, स्वतन्त्र, पारदर्शी र प्रविधि मैत्री बनाउन पनि आयोग सफल हुने उनको विश्वास थियो ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन राष्ट्रिय अभियान भएकाले यसमा साथ दिन सबैमा आग्रह गरेका छन् । सरकार चुनावको तयारीमा जुटिसकेको बताउँदै उनले त्यसमा साथ दिन अन्तर्राष्ट्रिय समुदायसमेतलाई आग्रह गरे । उनले उमेर पुगेका सबै नागरिकहरू मतदानबाट नछुटुन् भन्नेमा सचेत हुन निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराएका छन् ।
प्रतिक्रिया