सत्तारुढ दलद्वारा भोलि नै चुनावको मिति घोषणा गर्ने सहमति

प्रकाशित मिति: ८ फाल्गुन २०७३, आईतवार १२:२६


काठमाडौं, फागुन ८ ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा भोलि चुनावको मिति घोषणा गर्ने सहमति भएको छ ।

सोहीअनुसार आज साँझ प्रमुख विपक्षी एमाले, मधेशी मोर्चा र स्थानीय तह पुनःसंरचना आयोगका पदाधिकारीसँग सरकारले छलफल गर्दैछ । मोर्चा सहमतिमा नआए पनि भोलि मिति घोषणा गर्ने तयारी भएको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ । सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्र चुनावको मिति घोषणा गरेर संविधान संशोधनको प्रक्रिया अघि बढाउन पनि सहमत भएका छन् ।

बैठकमा दुबै दलका शीर्ष नेता संविधान संशोधनका लागि प्रतिबद्ध रहेको भए तापनि संविधान संशोधनको काम सकेर मात्र चुनावको मिति घोषणा गर्दा ढिलो हुने भएकाले मिति घोषणा गर्ने र संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा मोटामोटी सहमतिमा पुगेको (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

दुई दलको बैठकपछि प्रधानमन्त्री दाहालले आज बेलुका नेकपा (एमाले), मधेशी मोर्चा तथा राज्य पुनःसंरचना आयोगका पदाधिकारीसँग छलफल गर्ने तयारी गरेका छन् ।

श्रोतकाअनुसार आज नै मिति तोक्ने सम्भावना नभए पनि बेलुकाको बैठकपछि भोलि मन्त्रिपरिषद्को बैठक बसेर मिति तय गर्ने तयारी कांग्रेस र माओवादी केन्द्रले गरेको छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....