मन्त्री भण्डारीद्वारा एमालेले निर्वाचनको विषयमा गलत प्रचार गरिरहेको आरोप

प्रकाशित मिति: ८ फाल्गुन २०७३, आईतवार १३:३७


भक्तपुर, फागुन ८ ।
वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निर्वाचनको विषयलाई लिएर गलत प्रचार गरिरहेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले एमालेले चुनावको विषयलाई लिएर सस्तो लोकप्रियता खोजिरहेको बताएका हुन् ।

सरकारले निर्वाचन गर्ने घोषणा गरिसकेको अवस्थामा निर्वाचनप्रति शंका नगर्न आग्रह गर्दै मन्त्री भण्डारीले निर्वाचन अनिवार्य भएकाले सरकारले जहिले पनि मिति घोषणा गर्न सक्ने बताउँदै उनले मधेशवादी दल र एमालेसँग निरन्तर वार्ता र सम्वाद भइरहेकाले आगामी ७ माघ २०७४ सालसम्म तीन वटै तहको निर्वाचन भइसक्ने बताए ।

उनले सरकार निर्वाचनको तयारीमा लागि परेकाले जेठमा स्थानीय तहको निर्वाचन नहुनेमा शंका नगर्न आग्रह गर्दै दोश्रो जन–आन्दोलनमा एमालेको भूमिका सकारात्मक भएकाले निर्वाचन गर्ने सवालमा अनावश्यक बखेडा झिक्न नहुने बताए ।

मन्त्री भण्डारीले देशमा धार्मिक पक्षका नाममा वन अतिक्रमण भइरहेकाले अतिक्रमणलाई रोक्न पहल गर्नुपर्ने बताएका छन् । देशभरी भइरहेको वन अतिक्रमण रोक्न सरकारले विशेष रूपमा योजना बनाएर अगाडि बढ्दै गइरहेको बताए ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....