रोनाल्डोले ह्वीलचियरमा रहेकी दश वर्षीया बालिकाको सपना पूरा गरे

काठमाडौं, असार ८ ।
पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो अहिले फिफा कनफेडेरेशन कप फुटबलका लागि रुसमा छन् ।
रोनाल्डोको गोलको मद्दतमा बुधबार राति भएको खेलमा पोर्चुगलले रुसलाई १ विरुद्ध शून्यले ले हरायो । यो खेलमा रोनाल्डो ह्वीलचियरमा रहेकी दश वर्षकी बालिकासँग मैदान प्रवेश गरेको थियो ।
बालबालिकाप्रतिको आफ्नो लगाव उच्च रहेको उक्त तस्विरले देख्न सकिन्छ । रोनाल्डोकी फ्यान पोलिना हाइरेडिनोभाको सपना त्यसबेला पूरा भयो, जब मैदानबाट छुट्टिने बेलामा रोनाल्डोले उनलाई चुम्बन गरे ।
प्रतिक्रिया