त्रिशुलीमा जिप खस्दा दुई बेपत्ता, चार घाइते, उद्दार जारी

रत्ननगर, फागुन ९ ।
त्रिशुली नदीमा आज बिहान बोलेरो जिप खस्दा त्यसमा सवार दुई जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन् ।
जिप दुर्घटनामा परी गोर्खा ताकु–६ बस्ने ६५ वर्षीया बिष्णुमाया गुरुङ र उनका नाति १३ वर्षीय कविन गुरुङ बेपत्ता रहेको चितवन प्रहरीले जनाएको छ । बिहान करिब ३ बजे चितवनको खैरहनीबाट गोरखा जाँदै गरेको ना. ३ ख ७५४३ नम्बरको जिप कविलास–४ स्थित सत्र किलो भन्ने स्थानबाट त्रिशुली नदीमा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते हुनेहरूमा चितवन कालिका नगरपालिका–५ का ३३ वर्षीय चालक शिव खड्का, गोर्खा ताकुकै ४० वर्षीय भीमबहादुर गुरुङ, सोही स्थानका २८ वर्षीय टीका गुरुङ र ५ वर्षीय न्युटल गुरुङ घाइते भएका हुन् । उनीहरूको चितवन मेडिकल कलेजमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
सामान लिएर जाँदै गरेको समयमा दुर्घटना भएको उक्त जिप पानी भित्रै रहेकाले निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया