गायक एवं साहित्यकार अमरको चौधौँ कृति ‘मिस्ड कल’को अडियो सार्वजनिक

प्रकाशित मिति: ९ असार २०७४, शुक्रबार १८:३८


काठमाडौं, असार ९ ।
लोकप्रियता कमाउँदै गरेको उपन्यास “मिस्ड कल” कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को चौधाैँ कृति हो । ‘मिस्ड कल’ उपन्यासको अडियो राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक भएको छ ।

सुरेन्द्र महर्जन “अमर” को चर्चित उपन्यास “मिस्ड कल” धेरै भन्दा धेरै कम समयमा एक हजारप्रति बजारबाट बिक्री वितरण भएको ब्रदर्श बुक पब्लिकेशन्सले जानकारी दिएको छ ।

के. के. अधिकारीले अडियो बाचन (उद्घोषन) गरेको उक्त अडियोमा सुरेन्द्र महर्जन “अमर” कै रचनामा रहेको बहुचर्चित गीत मेलिना राईको स्वर रहेको सुपर हिट “म भन्दा नि” र निता थापामगरको स्वर रहेको मन छुने हिट गीत “तड्पिएर बाँच्ने म पीडा दिने तिमि” को सुमधुर संगीत रहेको छ ।

“म भन्दा नि” र “तड्पिएर बाँच्ने म” दुबै गीतलाई उत्कृष्ट संगीत दिने संगीतकार राज कुमारको संगीत “मिस्ड कल” उपन्यासको अडियोमा समावेश गरी उपन्यास सुन्ने सबैलाई संगीतको पनि अलग्गै आनन्दको अनुभूति दिएको छ । सार्वजनिक उपन्यास एम सिरिजको यू ट्युबमा सार्वजनिक गरिएको हो ।


प्रतिक्रिया

ताजा खबर

More

चीनकाे एक काेइला खानीमा विष्फाेट, पाँच जनाकाे मृत्यु

एजेन्सी, जेठ ८ । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तस्थित एक कोइला खानीमा दुर्घटना हुँदा.....