हुवाइको नयाँ मोबाइल ‘हुवाइ पी टेन प्लस’ सार्वजनिक (भिडियाेसहित)

प्रकाशित मिति: ९ असार २०७४, शुक्रबार २०:५४


काठमाडौं, असार ९ ।
छोटो अवधिमा नै लोकप्रियता कमाउन सफल हुवाइ कम्पनीले ग्राहकहरूलाई स्तरीय सुविधासहितको नयाँ मोबाइल सेट बजारमा ल्याएको छ । एनसेल प्राइभेट लिमिटेडसँगको सहकार्यमा हुवावे टेक्नोलोजिज्ले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विषेश रूपमा डिजाइन गरिएको पि टेन प्लस क्यामरा लेन्स किट उपहारसहित आफ्नो नयाँ पी टेन प्लस स्मार्टफोन  नेपाली बजारमा सार्वजनिक गरेको हाे ।

काठमाडौंस्थित सोल्टी होटलमा आज एक कार्यक्रमको आयोजना गरी हुवाइ कम्पनीको नयाँ स्तरीय क्यामरा र भिडियोमा बढी जोड दिएर ‘HUAWEI P10 Plus’ मोबाइल सार्वजनिक गरिएको हो ।

उक्त मोबाइलको अगाडिको क्यामरा क्वालिटी ८ मेगापिक्सल रहेको छ भने पछाडिको २० मेगापिक्सल रहेको छ । हुवाइ पी १० प्लस मोबाइलमा ४ जीबी र्‍याम र इन्टरनल मेमोरी ६४ जीबी रहेको छ भने ब्याट्री क्षमता ३७५० एमपीए र सुपर चार्ज जडान गरिएको छ ।

सार्वजनिक गरिएको उक्त मोबाइलको बजार मूल्य ७९,०००/– रुपैयाँ तोकिएको छ । कम्पनीकाअनुसार अहिले कहीँ कतै घुम्न जाँदा एसएलआर बोकेर जानुपर्ने झन्झटबाट मुक्त गर्न यो मोबाइलले ठूलो भूमिका खेल्ने कम्पनीले दाबी रहेको छ ।

सोही कार्यक्रमको बीच बीचमा साँगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । जसमा गायिका सुबानी मोक्तान र गायक सुगम पोखरेलले गीत गाएर मनोरञ्जन प्रदान गरिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मच्छिन्द्रनाथकाे रथ मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....