घोषित मितिमा नै निर्वाचन हुन्छ : आयुक्त डा. यादव

प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार १८:५२


काठमाडौं, फागुन १० ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले अबको एक साताभित्रै निर्वाचनसम्बन्धी आचार संहिता लागू हुने बताउँदै घोषित मितिमै निर्वाचन हुने दाबीसमेत गरेका छन् ।

राजधानीमा आज आयोजित कार्यक्रममा बोल्दै उनले आयोगले यहीँ साताभित्रै आचार संहिता लागू हुनेबित्तिकै सरुवा, बढुवा र नियुक्ति केही नहुने बताए ।

आयुक्त डा. यादवले आयोगले निष्पक्ष, स्वतन्त्र र स्वच्छ निर्वाचन गर्न सम्पूर्ण शक्ति लगाउने प्रतिबद्धता जनाउँदै तोकिएकै मितिमा निर्वाचन गर्न आयोग सफल हुने धारणा राख्दै निर्वाचनका लागि अब बाँकी रहेको ८२ दिनमा निरन्तरता र प्रतिबद्धताको आवश्यकता रहेको बताए ।

उनले भने, ‘अब कुनै पनि शक्ति र समूहले बैशाख ३१ गते हुने निर्वाचनलाई रोक्न सक्दैन ।’


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....