राष्ट्रिय पुनःनिर्माणका लागि धुर्मुस–सुन्तली सद्भावना दूत

प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार ०६:३९


काठमाडौं, फागुन ११ ।
चर्चित हाँश्य कलाकारहरू सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एकीकृत वस्ती विकासको काममा जागरण एवं प्रोत्साहित गर्ने लक्ष्यसहित सद्भावना दूतमा नियुक्त गर्ने भएका छन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलको अध्यक्षतामा मंगलबार बसेको कार्यकारी समितिको बैठकले एकीकृत वस्ती निर्माण एवं विकाससम्बन्धी कार्यका लागि कलाकारद्वयलाई सद्भावनादूत बनाउने निर्णय गरेको हो । विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा कलाकारद्वयले गरेको प्रयास सराहनीय र अनुकरणीय रहेको भन्दै प्राधिकरणले सो निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ गिरानचौरमा कलाकारद्वयले भूकम्पपछिको पुनःनिर्माणका क्रममा एकीकृत वस्ती निर्माण सम्पन्न गरेका छन् भने हाल महोत्तरीमा पनि सामूहिक वस्ती निर्माण गरिरहेका छन् । सो पहलमा स्वदेश तथा विदेशबाट सहयोग जुटाएर निर्माण गरिएको सामूहिक वस्ती अनुकरणीय रहेको छ ।

बैठकले भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पश्चिमतर्फको भागलाई संरक्षण र प्रबलीकरणबारे जिम्मेवारीसमेत तोकेको जनाएको छ । कार्यकारी समिति सदस्य हरिराम पराजुलीको संयोजकत्वमा गठित कार्यान्वयन उपसमितिलाई सोही ढाँचामा सिंहदरबार परिसरमा रहेको ग्यालरी बैठकको पुनःनिर्माणको कार्य गर्ने जिम्मेवारीसमेत तोकेको छ ।

यसैगरी, बैठकले पुस मसान्तसम्म पहिलो किस्ता लिइसकेका भूकम्प पीडितले चैत्र १५ गतेभित्र दोश्रो किस्ताका लागि आवेदन दिनका लागि पनि आग्रह गर्ने निर्णय गरिएको प्रमुख कार्यकारी अधिकृत प्रा.डा. पोखरेलले बताएका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

अज्ञात समूहले प्रहार गरेकाे गाेली गालामा लागेर प्रधानाध्यापक गम्भीर घाइते

काठमाडाैं, कार्तिक २५ । अज्ञात समूहले प्रहार गरेकाे गोली लागेर सर्लाहीमा एक प्रधानाध्यापक.....

नेपालद्वारा चौथो खेलमा थाइल्याण्ड १ सय ६ रनले पराजित

काठमाडाैं, कार्तिक २५ । युनाइटेड अरब.....