राप्रपामा तामाङलाई सर्वाधिक मत, कलाकार वली तेश्रो स्थानमा (मत परिणामसहित)

काठमाडौं, फागुन ११ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्यका लागि भएको अन्तिम मतदानमा नेता बुद्धिमान तामाङले सर्वाधिक मत प्राप्त गरेका जित हासिल गरेका छन् । उनले आज बिहान मात्र सम्पन्न भएको निर्वाचनको मतगणनामा केन्द्रीय सदस्यको खुलातर्फ कूल एक हजार नौ सय २८ मत प्राप्त गरेका हुन् ।
हिजोदेखि नै मतगणना गर्न सुरु भएको मतदानमा कूल दुई हजार आठ सयले मतदान गरेका थिए । मतदान इलेक्ट्रोनिक भोटिङ मेशिनबाट गरिएको हो ।
यसैगरी, केन्द्रीय सदस्यको खुलातर्फ दोश्रो स्थानमा नेता विक्रम पाण्डेले एक हजार नौ सय २६ मत प्राप्त गरेका छन् भने केही समय अगाडि मात्र राप्रपामा प्रवेश गरेकी गायिका एवं सञ्चारकर्मी कोमल वलीले एक हजार आठ सय ५७ मत प्राप्त गर्दै तेश्रो नम्बरमा रहेकी छन् ।
केन्द्रीय सदस्य पदमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र स्वर्गीय सूर्यबहादुर थापाका दुबै छोरा पनि विजयी भएका छन् । आफ्नो पिताको आर्शिवादले मन्त्री भइसकेका यी दुबै प्रधानमन्त्री पुत्रले राम्रो मत ल्याउन सफल भएका छन् ।
नयाँ अनुहारको रूपमा रहेका प्रेम बलायरले एक हजार चार सय ४९ मत ल्याएर सबैलाई चकित तुल्याएका छन् । उनी नवौँ नम्बरमा रहेका हन् ।
हेर्नुस् कसले कति मत ल्याए ?
१. बुद्धिमान तामाङ – १९२८
२. विक्रम पाण्डे – १९२६
३. कोमल वली – १८५७
४. धवलशमशेर राणा – १७३९
५. राजेन्द्र लिङ्देल – १६६४
६. जयन्त चन्द – १५८९
७. सुनिल थापा – १५५१
८. राजीव पराजुली – १५४२
९. प्रेम बलायर – १४४९
१०. ध्रुबबहादुर प्रधान – ११८९
११. दीपक बहादुर सिंह – ११८३
१२. भुवन पाठक – ११७४
१३. गोबिन्दराज खनियाँ – ११६९
१४. राजेश गिरी – ११२८
१५. विक्रमबहादुर थापा – १०९०
१६. दिलविकाश राजभण्डारी – १०९०
१७. रबिन्द्रप्रताप शाह – १०६६
१८. राजाराम श्रेष्ठ – १०५५
१९. प्रेमबहादुर भण्डारी – १०४२
२०. जगत गौचन – १०३३
प्रतिक्रिया