मधेशी मोर्चाले आब्हान गरेको तराई बन्दका कारण जनजीवन प्रभावित, झडपमा दुई जना घाइते

प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार १३:१२


जनकपुर, फागुन ११ ।
प्रचण्ड सरकारले मधेशका मागलाई बेवास्ता गरेको भन्दै मोर्चाले आह्वान गरेको बन्दका कारण मध्य तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ ।

स्थानीय तहको चुनाव मिति घोषणा गरेको विरोधमा मधेशी मोर्चाले तराई क्षेत्रमा बन्द आह्वान गरेको हो । बन्द आह्वानकर्ता र प्रहरीबीच ठाउँ ठाउँमा झडप हुँदा जनकपुरको ब्रह्मपुरमा दुई जना आन्दोलनकारी स्थानीय कुलदीप शाह र राजु शाह गम्भीर घाइते भएका छन् । घाइतेको जनकपुर अस्पतालमा उपचार भइरहेको छ ।

बन्दको प्रभाव जनकपुरका स्थानीय बजार, कलकारखाना, सरकारी कार्यालय र यातायातका सम्पूर्ण साधन क्षेत्रमा परेका छन् । यस्तै, बन्दले सप्तरीमा पनि जनजीवन प्रभावित भएको छ भने, आन्दोलानकारीहरूले त्यस क्षेत्रमा बिहानैदेखि प्रदर्शन जारी राखेका छन् ।



ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....