प्रम दाहाल र युनेस्कोका उम्मेदवार डा. कवारीबीच भेटवार्ता

काठमाडौं, फाल्गुण ११ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युनेस्कोको डाइरेक्टर जनरलका उम्मेदवार डा. हदम अल कवारीले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा युनेस्कोको डाइरेक्टर जनरलको निर्वाचनमा नेपालले आफ्नो पक्षमा मतदान गर्न डा. कवारीले प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । कतारका नागरिक कवारीले कतारको विकासमा नेपालीहरुले गरेको योगदानको प्रशंसा गर्दै कतारमा कार्यरत नेपालीहरूको हितमा आफूले काम गर्ने बताएका छन् ।
भेटवार्तामा प्रधानमन्त्रीले डाइरेक्टर जनरलको निर्वाचनमा नेपालले सहयोग गर्ने बताएका छन् भने नेपाल र कतारबीच मैत्रीपूर्ण र हार्दिक सम्बन्ध रहेको बिषय बताउँदै प्रधानमन्त्रीले आगामी दिनमा नेपालको विकासमा कतारले थप सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया