आईजीपी विवाद कायमै रहेकै बेला सरकारद्वारा बीस डीआईजीको सरुवा

प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार १७:२९


काठमाडौं, फागुन ११ ।
गृहमन्त्रालयले डीआईजीको सरुवा गरेका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले २० डीआईजीहरूको सरुवा गरेका हुन् ।

गृहमन्त्रालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा बमबहादुर भण्डारी, ट्राफिक महाशाखामा मिङमार लामा, प्रहरी प्रशिक्षण प्रतिष्ठन महाराजगञ्जमा देबेन्द्र सुवेदीलाई पठाएको छ ।

यस्तै, पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयमा रमेश भट्टराई, मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयमा गणेश केसी, पश्चिममा मधु पुडासैनी, मध्यपश्चिम विजयलाल कायस्थ र सुदूरपश्चिममा रुमिन्द्रसिंह देउजा सरुवा भएका छन् ।

यसैगरी, अख्तियारमा कमल सिंह बम, प्रहरी प्रधान कार्यालयको मानव श्रोत विभागमा केशरीराज घिमिरे, अपराध अनुसन्धान विभागमा प्रकाश अर्याल, विशेष ब्यूरोमा हेमन्त पाल सरुवा भएका छन् ।

file:///C:/Users/LiveOfNepal-PC/Downloads/digp_transfer_2073_11_11.PDF


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....