संशोधन प्रस्तावलाई लिएर एमालेसहित विपक्षी दल लचिलो

प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहीबार ०८:४८


काठमाडौं, फागुन १२ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहितका विपक्षी दलहरू व्यवस्थापिका संसद्मा पेश भएको संविधान संशोधन प्रस्तावलाई लिएर संसदीय प्रक्रियामार्फत टुङ्गो लगाउन लचिलो देखिएका छन् ।

मधेश केन्द्रित दल चुनावमा सहभागी हुने अवस्थामा संशोधन प्रस्ताव प्रक्रियामा लैजान एमालेसहित विपक्षी दल सकारात्मक देखिएका हुन् ।

संशोधन विधेयकको विरोध गर्दै आएका विपक्षी दल प्रक्रिया अघि बढाउन तयार भए तापनि त्यसबाट आउने परिणाम मधेशी दलले स्वीकार गर्नुपर्ने अडानमा रहेका छन् । यही विषयमा सहमति जुट्न नसकेपछि बुधबारको व्यवस्थापिका संसद् बैठक स्थगित भएको थियो ।

आजको बैठक दिउँसो ३ बजे बोलाइएको छ । आज सहमति जुटाएर संसद् बैठकमा संशोधन प्रस्तावको प्रक्रिया अघि बढाउने सरकारको तयारी रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....