संसद् बैठक आज पनि चल्ने/नचल्ने अनिश्चित, संशोधन प्रस्ताव अन्यौलमा

प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहीबार ०९:०१


काठमाडौं, फागुन १२ ।
व्यवस्थापिका संसद्को बैठक आजका बोलाइएको छ । आज दिउँसो ३ बजे नयाँबानेश्वरस्थित संसद् भवनमा बैठक सुरु हुनेछ । यद्यपि, आजका लागि बोलाइएको बैठक चल्ने वा नचल्ने भन्ने कुनै टुङ्गो छैन । संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले संसद् बैठक अघि अरू कुनै प्रकारको औपचारिक छलफल नरहेको जानकारी दिएका छन् ।

मंगलबार र बुधबारका लागि बोलाइएको संसद् बैठक सूचना टाँसेर स्थगित गरिएका कारण आज बैठक चल्ने वा नचल्ने कुनै टुङ्गो नभएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायतका विपक्षी दलहरूले संविधान संशोधन प्रस्तावमा हुने मतदानको परिणाम मधेशी मोर्चाले स्वीकार गरे मात्र संसद् बैठक चल्न दिने बताएपछि बुधबारको बैठक स्थगित गरिएको थियो । यसबीचमा सभामुख, प्रधानमन्त्री र मधेशी मोर्चाबीच औपचारिक छलफल नभएका कारण आजको बैठक अनिश्चित बनेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले संसद् बैठक सुचारु गर्ने बारेमा औपचारिक छलफल नभए पनि अनौपचारिक कुराकानी भइरहेको जानकारी दिएका छन् । संविधान संशोधन प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा आउने परिणामलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले स्वीकार गर्ने प्रतिबद्धता नआएसम्म प्रस्ताव अघि बढाउन नहुने प्रतिपक्षको अडानका कारण संसद्को बैठक प्रभावित हुँदै आएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....