स्ववियु चुनावअन्तर्गत आज मनोनयन पत्र वितरण

काठमाडौं, फागुन १२ ।
स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसमा आज प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको मनोनयन पत्र वितरण गरिने भएको छ ।
बुधबारदेखि सुरु भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रियाअनुसार आज मनोननयन पत्र वितरण गरिने त्रिविका रिजष्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी दिएका छन् ।
उनकाअनुसार निर्वाचनका लागि बुधबार देशभरका त्रिविका आङ्गिक र सम्बन्ध प्राप्त क्याम्पसले स्ववियु निर्वाचन मतदानमा सहभागी मतदाताको नाम प्रकाशन गरेका छन् । कार्यतालिकाअनुसार पर्सि शनिबार उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने र भोलिपल्ट उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १८ फागुनमा मतदान हुनेछ । त्रिविमा यस पटक आठ वर्षपछि स्ववियु निर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया