सभामुख घर्तीको पहलपछि संसद्को बैठक सुचारु हुने

प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहीबार १३:२१


काठमाडौं, फागुन १२ ।
सभामुख ओनसरी घर्तीमगरको पहलमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा संसद् बैठक सुचारु गर्ने सहमति भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको बैठकमा सभामुख घर्तीमगरले सदन अवरुद्ध गरेर निकास ननिस्कने र निर्वाचन गराउनसमेत समस्या पर्ने भन्दै संसद् अवरुद्ध नगर्न प्रतिपक्षी दलका नेता ओलीलाई आग्रह गरेकी थिइन् ।

सोही क्रममा प्रधानमन्त्री दाहालले पनि संसद्बाटै सबै विषयको छिनोफानो हुने भएकाले गतिरोध नगर्न ओलीलाई आग्रह गरेका थिए । तीन नेताबीच भएको छलफलपछि एमाले अध्यक्ष ओलीले पनि निर्वाचनको वातावरण बनाउन एमाले सधैँ तयार रहेकाले आजबाट संसद् बैठक अवरुद्ध नगर्ने बताउनुभएको सभामुख घर्तीमगरले जानकारी दिइन् ।

संसद् खुलाउन एमाले तयार भएपछि आजदेखि संविधान संशोधन प्रक्रिया अघि बढ्ने भएको छ । आज दिउँसो ३ बजेका लागि संसद् बैठक बोलाइएको छ । बैठकमा संविधान संशोधन प्रस्तावमाथीको छलफल अघि बढाउने कार्यतालिका रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....