डोजरले विद्यार्थी घाइते भएपछि विराटनगरमा तनाव, प्रहरी र विद्यार्थीबीच झडप
विराटनगर, फागुन १२ ।
विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । डोजरले सोही क्याम्पसका एक विद्यार्थीलाई घाइते बनाएपछि तनावको स्थिति श्रृजना भएको हो ।
क्याम्पस अगाडि सडक निर्माण गर्न प्रयोगमा ल्याइएको डोजरले क्याम्पसमा अध्यनरत उमेशकुमार यादवलाई ठक्कर दिएपछि उक्त झडप भएको हो । विद्यार्थीहरूले दुई वटा डोजरमा आगजनी गरेका छन् भने क्याम्पस पनि तोडफोड गरेका छन् ।
प्रहरीले उनीहरूलाई रोक्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गर्नुको साथै करिब आधा दर्जनभन्दा बढी अश्रु ग्याँस प्रहार गरेको छ । झडपमा परी घाइते हुने विद्यार्थीहरूको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया