तोकिएको समयमा निर्वाचन र मधेशी मोर्चा पनि सहभागी हुने : मन्त्री निधि

प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहीबार १६:५८


भक्तपुर, फागुन १२ ।
उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले तोकिएकै समयमा निर्वाचन हुने र त्यसमा मधेशी मोर्चाले समेत भाग लिने बताएका छन् ।

भक्तपुरको पाईलट बाबा आश्रममा आउनु भएका मन्त्री निधिले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै संविधानको संशोधनमा एमालेको सहमति दिन नसकेको र समस्या लम्बियता पनि निर्वाचन भने तोकिएकै समयमा हुने बताएका हुन् ।

उनले संविधान संशोधन गर्दै मधेशका जायज मागको सम्बोधन गरिनु पर्ने र स्थानीय तहको पुनःसंरचनाका बारे थप संख्या बढाउने कामसमेत स्वीकार्य भएकाले एमालेको सहमति जुटाई मधेशी मोर्चा निर्वाचनमा आउने बताए । प्रतिपक्षले मधेश र मधेशी जनताप्रति पूर्वाग्राही नभई राष्ट्रिय हितको विषयमा उभिएर संविधान संशोधनको पक्षमा लाग्दै निर्वाचन सम्पन्न गर्नेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए ।

उनले निर्वाचनको विकल्प नभएको भन्दै सबै पक्ष जसरी भए पनि निर्वाचनमा आउने र लामो समयसम्म रित्त रहेको स्थानीय तहले पूर्णता पाउँदै तोकिएकै समयमा तिनै तहको निर्वाचनको वातावरण तयार हुने बताए ।

उनले निर्वाचन गराउन निर्वाचन आयोगसमेत तत्पर रहेको र कुनै अप्ठेरो अवस्था नरहेको भन्दै मधेशको जायज मागको सम्बोधन गर्दै निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....